नेकपा (ओली) समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै


काठमाडौं, फागुन ८ : नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) ओली पक्षले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आमसभा अघि विभिन्न ६ स्थानबाट र्‍याली निस्कने छन् । विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे र्‍याली निसक्नेछन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र दाहाल नेपाल समूहमा विभाजित भएका दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button