सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो


काठमाडौं : पछिल्लो केही दिन घटेको सुनको भाउ साताको पहिलो कारोबार दिन आइतबार भने बढेको छ । आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ८६ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८५ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ । 

 यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ८५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८५ हजार १५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button