महोत्तरीबाट बेपत्ता भएकाहरु भारतमा फेला परे : नगरप्रमुख साह


जनकपुरधाम । महोत्तरीको सीतामढीबाट हराएकी ७ जना बालिकाहरु भारतको सीतामढीमा फेला परेको बताइएको छ ।

मँगलबार दिउँसो २ बजे घरबाट निस्केकी महोत्तरीको भँगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरकी ७ जना बालिकाहरु बेपत्ता भएको झण्डै २० घण्टापछि फेला परेको बताइएको छ ।

यसको जानकारी भँगहा नगरपालिकाका मेयर सँजीव साहले दिएका हुन् । उनले आफ्नो अधिकारिक फेसबुक पेजमा लेख्दै बालिकाहरु सीतामढीमा फेला परेको जानकारी दिएका हुन् ।

बालिकाहरुलाई इण्डियन रेल्वे फोर्स (भारतको रेल्वे प्रशासन) ले नियन्त्रणमा लिएर राखेको बताइएको छ । सातै जनालाई लिनको लागि महोत्तरी प्रहरीले उनको आफन्तजनसहित भारत तर्फ जान लागेको बताइएको छ ।

यद्यपी, यसबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीले कुनै प्रतिक्रिया दिएको छैनन् । भारत रेल्वे प्रशासनका अनुसार सातै जना बालिकाहरु भारतको विहार गायिक बन्नको लागि जाँदै गरेको प्रतिक्रिया दिएको हो ।

उनीहरुलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ । फेला परेकी बालिकाहरु अझै प्रहरीको नियन्त्रणमा रहेको छ ।

उनीहरुले गायक बन्न आएको प्रतिक्रिया दिएपनि यथार्थ केही अझै हुन सक्ने आशंका गरिएको छ । उनीहरुलाई कसैले प्रलोभनमा पारी भारततर्फ लगिएको हुन सक्ने पनि आशंका गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button