जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

साउन १६ गते! सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई नेता चयन गरेको हो।
उनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको जसपा सांसद प्रदीप यादवले जनाएका छन्।जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यादवलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए।
त्यसलाई सांसद महेन्द्रराय यादवले समर्थन जनाएका थिए।आजको बैठकमा २१ जना सांसद उपस्थित थिए। दुई जना निलम्बनमा परेका बाहेक जसपामा ३२ सांसद छन्। महन्थ ठाकुरसहित ११ सांसद अनुपस्थित रहेका थिए।
निर्वाचन आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेपछि संसदीय दलको नेता चयन गरिएकाे हो। अब सरकारमा पनि सहभागी हुने जनाइएको छ