र्‍यापीड पीसीआर परीक्षण नहुँदा यात्रु दुबई उड्न पाएनन्, टिकट बारे जानकारीको लागि सम्पर्क गर्न एयरलाइन्सको आग्रह

नेपाल एयरलाइन्समार्फत दुबई जान टिकट काटेका यात्रुलाई अर्को सूचना नआउँदासम्म काठमाण्डौबाट दुबई यात्रु लैजान नसक्ने भन्दै नेपाल एयरलाइन्सले टिकट बारे थप बुझ्न ट्राभल एजेन्सी या निगममा सम्पर्क गर्न यात्रुलाई अनुरोध


काठमाण्डौ – र्‍यापीड पीसीआर परीक्षण नहुँदा विमानस्थल पुगेर पनि दुबई उड्न नपाएका यात्रुलाई टिकट बारे थप जानकारीको लागि निगमको कार्यालय या ट्राभल एजेन्सीमा सम्पर्क गर्न एयरलाइन्सले आग्रह गरेका छ ।

नेपाल एयरलाइन्समार्फत दुबई जान टिकट काटेका यात्रुलाई अर्को सूचना नआउँदासम्म काठमाण्डौबाट दुबई यात्रु लैजान नसक्ने भन्दै नेपाल एयरलाइन्सले टिकट बारे थप बुझ्न ट्राभल एजेन्सी या निगममा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरेको हो ।

टिकट बारे बुझ्न ०१४२२२०५५, ४२४८६१८,४२४८६०७ मा सम्पर्क गर्न भनेको छ । अब विमानस्थलमा यो व्यवस्था भएपछि मात्रै यात्रु दुबई लैजाने नेपाल एयरलाइन्सले जनाएको छ ।यूएईले आफ्नो देशमा प्रवेश गर्ने यात्रुहरूका लागि विभिन्न मापदण्ड बनाएको छ ।

जसमध्ये नेपालबाट यूएई प्रवेश गर्ने यात्रुले विमानस्थलमा उडान समयको चार घण्टा भित्र र्‍यापीड पीसीआर परीक्षण गर्नुपर्ने नियम बनाएको छ । तर विमानस्थलमा र्‍यापीड पीसीआर परीक्षण कार्यान्वयनमा नभएको कारण विमानस्थल पुगेका यात्रु समेत दुबई उड्न पाएनन् ।

विमानस्थल पुगिसकेका यात्रुलाई हिमालय एयरलाइन्सले अन्तिम समयमा आएर यात्रु नलैजाने बताएको विमानस्थल पुगेका यात्रुले गुनासो गरेका छन् ।

दुबई उड्न ठिक्क परेका यात्रुहरू विमानस्थल पुगेर पनि उड्न नपाउँदा त्रिभुवन विमानस्थल परिसरमै प्रदर्शनमा उत्रिएका छन् ।

यूएईले नेपाली नागरिकमाथि लगाएको प्रतिबन्ध आवासीय भिसा भएकाहरूलाई भन्दै अगस्ट ५ देखि खुला गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button