पर्सा जिल्लाको पोखरिया नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले फर्जी रुपमा गरिएको ७ करोडको टेण्डर बारे आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेकी छिन् ।

पर्सा जिल्लाको पोखरिया नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले फर्जी रुपमा गरिएको ७ करोडको टेण्डर बारे आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेकी छिन् ।

मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै उपप्रमुख खातुनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नै निर्देशित रहेको विशेष गरी पालिकाका आर्थिक गतिविधि, टेन्डरलगाएतको विषयमा सुरुदेखि कुनै किसिमको सहभागिता नरहेको जानकारी गराएकी छिन् ।

नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतको मिलेमतोमा ७ करोडको बजेट किर्ते गरी टेण्डर गरेको भन्ने समाचारमा घोर आपत्ति जनाउँदै उपप्रमुख खातुनले आफ्नो संलग्नता नरहेको र उक्त टेण्डरको बारेमा आफुलाई कुनै जानकारी नै नभएको बताएकी छिन् ।

विगत केही समयदेखि नै नगरपालिकाको ढिलासुस्ती, अपारदर्शीता, अनियमितता, गैरजिम्मेवार लगायतको विरुद्धमा सशक्त रुपमा आवाज उठाउँदै र विरोध जनाउँदै आएको बताउँदै खातुनले कुनै पनि भ्रष्टाचार , अनियमितता र आर्थीक हिनामिना भएमा निष्पक्ष रुपमा छानविन हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरेकी छिन् ।

आफुले सदैव निष्पक्ष, इमान्दार एवम् पारदर्शी जनप्रतिनीधि बन्ने र जनताका समस्या तथा आवाजहरुलाई उठान गर्ने प्रयत्न हरसम्भव गरीरहेको बताएका छिन् ।

साथै हालसम्म सदैब निष्पक्ष , पारदर्शी र एक इमान्दार जनप्रतिनिधि बन्ने मार्ग अपनाउँदा पनि पर्याप्त सूचना संकलन नै गरी आउने यस्ता घोर निराधार र एकतर्फी समाचार प्रति घोर आपत्ति जनाएका छिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button