चितवनमा बाघको आक्रमणबाट एक युवक बेपत्ता


चितवन । बाघले आक्रमणमा परेको चितवनका एक युवक बेपत्ता भएका छन् ।

पूर्वी चितवनको खैरहनी स्थित कुमरोज सामुदायिक वनमा घाँस काट्न गर्न गएका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान स्थानीय ७, ८ जना युवाहरूको समूह घाँस काट्न गइरहेको अवस्थामा बाघले आक्रमण गरेको खैरहनी–१३ का वडासदस्य चन्द्रलाल चौधरीले जानकारी दिनुभयो ।अहिले निकुञ्ज प्रशासन, नेपाली सेना सहितको टोलीले सात वटा हात्तीको प्रयोगबाट खोजी गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button