आपत्कालिन उद्घार र राहत का लागि मेयर बरबरियाले गरे हेलिप्याड को शिलान्यास ।

शहिद नगर नगरपालिकामा हेली प्याडको शिलान्यास गरिएको छ ।
युनिसेफको सहयोग तथा लाईफ नेपाल समन्वयमा निर्माण हुन लागेको उक्त हेली प्याडको मंगवार एक कार्यक्रम बीच शहिद नगर नगरपालिकाका मेयर उदर बरबरीयाले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बरबरीयाले वर्षेणी वर्षायाममा डुबानमा पर्ने यस क्षेत्रको लागि हेलि प्याड अति नै आवश्यक रहेको बताए ।
हेली प्याड शहिद नगर नगरपालिकामा निर्माण भएपनि यसको लाभ कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, जनक नन्दनि गाउँपालिका लगायतका जनताले लिने सक्ने भन्दै मेयर बरबरीयले बताए ।
उनले भने,‘वर्षायामा कमला क्षेत्रमा पर्ने सबै स्थानीय तहहरु डुबानमा पर्ने गर्छन् । यातायात पुर्ण रुपमा बन्द हुने गर्छ । त्यस्तो अवस्थामा यस क्षेत्रका जनतालाई उद्धार गर्न तथा राहत पुरयाउन झन कठिन हुन्छ । त्यसैले हेली प्याड भएको खण्डमा तत्काल उनीहरुलाई उद्धार र राहत पुरयाउन सकिन्छ ।
अर्को गर्भवति महिलाहरु, गम्भिर प्राकृतिका विरामीलाई पनि तत्काल उद्धार गर्ने उदेश्यले हेली प्याडको निर्माण गरिएको छविगतका वर्षहरुमा पनि डुबानको वेला लाईफ नेपाल नामक संस्थाले उद्धारको लागि रबर वोट,राहत समाग्री, पीडितहरुको लागि शौचाल निर्माण गरेको उनले बताए ।
युनिसेफ, लाईफ नेपाल र शहिद नगर नगपालिकाको सहयोगमा साढे ४ लाखको लागतमा हेली प्याडको निर्माण हुन लागेको मेयर बरबरीयाले बताए । हेली प्याड निर्माण भएपछि यस क्षेत्रका जनता लाखौ जनता लभान्वित हुने मेयर बरबरीयले विश्वास व्यक्त गरे ।