सहिदनगर नगरपालिका मा छ्ठ को तीनदिनसम्म सार्वजनिक विदाको घोषणा ।


नटराज टाइम्स ,जनकपुरधाम । प्रदेश नम्बर २ को एक स्थानीय तहले महान पर्व छठको अवसरमा भोली मँगलबारदेखि तीनदिनसम्म सार्वजनिक विदाको घोषणा गरेको छ ।

प्रदेश नम्बर २ को एक स्थानीय तहले महान पर्व छठको अवसरमा भोली मँगलबारदेखि तीनदिनसम्म सार्वजनिक विदाको घोषणा गरेको छ ।समाजिक सँजाल सहित गृहमन्त्रालयसम्म तराई मधेशका नागरिकहरुले पाँचदिनसम्म मनाइने छठ जस्तो निराहार पर्वमा कम्तीमा पनि तीनदिनसम्मको विदा हुनुपर्ने चर्को माग उठिरहेको बेला शहिदनगर नगरपालिकाले तीनदिने सार्वजनिक विदा दिएको हो

नगर प्रमुख उदय कुमार बरबरिया (यादव) र प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवको सँयुक्त हस्ताक्षरित सूचनामा कार्तिक २३ गतेदेखि कार्तिक २५ गतेसम्म तीनदिने सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तराई मधेशमा विभिन्न विधि विधान सहित पाँचदिनसम्म छठ पर्व मनाउने गरिन्छ । सो क्रममा सोमबार नहाय खाय रहेको छ भने भोली मँगलबार खरना, पर्सी छठ पर्व र अन्तिमदिन पारण हुने गर्दछ ।पाँचदिने छठको क्रममा खरना, छठ र पारण महत्वपूर्ण विधि मानिन्छ । यी तीनदिन व्रतालुहरु निराहार व्रत बस्ने गर्दछ ।

सोही कुरालाई मध्यनजर गर्दै नगर प्रमुख बरबरियाले व्रतालुहरुलाई विशेष ध्यान दिँदै तीनदिनसम्म शहिदनगरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।छठमा महिला सहित पुरुषहरु समेत व्रत बस्ने गरिन्छ ।

अर्ध दिनको लागि पुरुषहरु समेत पानीमा ध्यान लगाउने गरेकोले सार्वजनिक रुपमै विदा दिने निर्णय गरेको हो ।नगरपालिकाले छठ जस्तो पर्वमा पहिलो पटक तीनदिनसम्म सार्वजनिक विदा दिएको भन्दै मेयर बरबरियालाई चौतर्फी प्रशँसा गरिएको छ । समाजिक सँजालमा मेयर बरबरियालाई आस्थालाई सम्मान गरेको भन्दै प्रशँसा गरेको हो ।विभिन्न तवरबाट गृहमन्त्रालयमा तिन दिन कम्तीमा पनि विदा दिन पत्राचार, निवेदन दिइएको पाइएको छ ।

सोही क्रममै शहिदनगरले स्थानीय सरकारको हैसितले तीनदिने सार्वजनिक विदा दिएपछि उनको प्रशँसा गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button