जनकपुरबाट काठमान्डौँको लागि छुटेको नाईट बस दुर्घटना, दुई जनाको मृत्यू, १५ घाईते


जनकपुरबाट काठमान्डौँको लागि छुटेको एक नाईट बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ। बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन् ।

गएराति साढे १२ बजे जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक ठोक्किएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

हरहर महादेव बसमा धनुषाको खजुरी, जटही, तिनकोरियाका यात्रुहरु रहेको जनकपुरस्थित काउण्टरका अरुणले बताए ।

सो दुर्घटनामा मृत्यू हुनेमा एक बस चालक पनि रहेको बताइएको छ । काठमान्डौँ थानकोट बस्ने चालक सरोज विकको सो दुर्घटनामा मृत्यू भएको तथा अन्य एक जनाको नाम नखुलेको जनाइएको छ । घाइते भएका १५ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सोही दुर्घटनामा परी ट्रक चालक पनि घाइते भएका छन् र उनको प्रहरी निगरानीमा उपचार भइरहेको डीएसपी रिमालले बताए।

सो बस हर हर महादेव कम्पनीको रहेको जनाइएको छ । हरहर महादेव बस धनुषाको ग्रामिण भेकदेखि अन्य विभिन्न ठाउँबाट सँचालनमा रहेको छ । दुर्घटना भएको बसमा कति जना सवार थियो भने यकिन भईसकेको छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button