एमाले अध्यक्षमा ओली पुनः निर्वाचित

काठमाडौं– नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः केपी शर्मा ओली निर्वाचित हुनुभएको छ ।
१० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा वर्तमान उपाध्यक्ष डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित हुनुभएको हो ।एमालेमा नेतृत्व चयनका लागि पहिलोपटक विद्युतीय मतदान मेसिन प्रयोग भएको थियो ।
केन्द्रीय निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरपछि गर्दैछ ।अध्यक्ष ओलीले सहमतिका लागि ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम घोषणा गरे पनि रावलसहितका नेताहरुले असन्तुष्टि जनाएपछि केही पदाधिकारीसहितका पदमा निर्वाचन भएको हो ।
मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । एमालेमा २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।