जनकपुरमा कडा सुरक्षाबीच नेपाली काँग्रेसको चुनाव हुँदै


जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को महाविधेशनमा अहिले केही बेरपछि मतदान प्रक्रिया सुरु हुने भएको छ ।

निर्वाचन समितिले बुधबार नै दिउँसो १ बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रियामा मतपत्रको अभाव र दुई पक्षबीचको तनावलाई मध्यनजर गर्दै विहिबार विहान ८ सम्मको लागि निर्वाचन प्रक्रिया सारेको थियो ।

जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा ६७ पदका लागि हुन लागेको मतदान प्रक्रिया ८ बजेदेखि नै भनिएपनि अझै औपचारिक रुपमा सुरु भएको छैनन् ।

प्रदेश सदस्य पदमा ५ जना बुधवारै निर्विरोध चयन भइसकेका छन् । बुधवार संस्थापन र शेखर–विमलेन्द्र समुहबीच झडप भएपछि मतदान स्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शान्तिपुर्ण तरिकाबाट निर्वाचन गराउन व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

निर्वाचन समितिले जारी गरेको अन्तिम नामावलीका अनुसार ७२ पदकालागि १ सय ७४ जनाको उम्मेदवारी परेको थियो ।

जसमध्ये ५ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनमा निधि–कोइराला समूहबाट प्रदेश २को भौतिक पूर्वाधार रामसरोज यादव र देउवा समूहबाट रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेवारी दिएका हुन्।

रामाधार प्रासद यादव भने स्वतन्त्र रुपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन्।

त्यस्तै २ महामन्त्रीका लागि पनि ५ जनाको उम्मेदवारी परेको छ। निधि(कोइराला समूहबाट नरेश यादव र हरेश महतोको उम्मेदवारी परेको छ भने बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादव देउवा समूहबाट उम्मेदवारी दिएका हुन्।

बिनोद चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।

त्यस्तै, २ सहमहामन्त्रीमा देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरीको उम्मेदवारी परेको छ। निधी–कोइराला समूहबाट सहमहामन्त्रीमा अरविन्द अमात्य र विनोद यादव उम्मेदवार छन महिलातर्फ १ सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादवय उम्मेदवार छन्।

महिलातर्फ निर्मला सुवेदी निधि–कोइराला समूहबाट उम्मेदवारी दिएकी छिन्। त्यस्तै सहमहमन्त्री खुल्लाबाट २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।प्रदेश सदस्य खुल्लामा १४ पदका लागि ५० जनाको उम्मेदवारी परेको हो।

प्रदेश सदस्य महिला ७ पदका लागि १२ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट ८ पदका लागि १५ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट महिला ८ पदका लागि ११ जना, प्रदेश सदस्य खस आर्य १ पदका लागि ४ जना, प्रदेश सदस्य आदिवासी जनजाती खुला १ पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश सदस्य मधेशी खुल्ला ७ पदका लागि १६, प्रदेश सदस्य मधेशी महिला ६ पदका लागि १२ जना, प्रदेश सदस्य दलित खुल्ला ३ पदका लागि १० जना, प्रदेश सदस्य दलित महिला २ पदका लागि ५ जनाको उम्मेदवारी परेको हो ।

बुधबार दिउँसो बिमलेन्द्र नीधि पक्ष र सभापति शेर बहादुर देउवा पक्षबीच तनाव हुँदा रातभरि नै मोटो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button