सिरहामा आज प्रशासनको करफ्यू, सिके राउतको प्रभाव शून्य


सिरहा । किसानको आन्दोलनमा सरिक भएको डा. सिके राउत नेतृत्वको जनमत पार्टीको प्रभाव आज सिरहामा शून्य देखिएको छ ।

जनमत पार्टीको तर्फबाट आन्दोलन समितिले सोमबार नै विज्ञप्ती जारी गरी पुस १३ गते र १४ गते अर्थात आज मँगलबार र भोली बुधबार चक्काजामको घोषणा गरेपनि प्रभाव शून्य देखिएको छ ।

जनमत पार्टीको चक्काजामको घोषणापछि सिरहा प्रशासनले सिरहा जिल्लाको दुई ठाउँमा करफ्यू समेत लगाएको छ ।

सिरहा जिल्लाको दुई ठाउँको क्षेत्रभित्र निषेधाज्ञा अवधीभरि हिडडुल, सभा, सम्मेलन, राजनीतिक कार्यक्रम, भेला जस्ता कार्यक्रमहरु गर्न नपाउने उल्लेख सूचनामा गरिएको छ ।

सूचनामा उल्लेख भए अनुसार, सिरहाको पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तरदक्षिण ५०० मिटर सहित चोहर्बादेखि सिरहा जाने बाटोमा पिके राज ईन्टरप्राईजेजसम्म तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिममा कुनै पनि गतिविध गर्न नपाउने भएको छ ।

बिहानैदेखि सिरहाको विभिन्न ठाउँमा यातायातको साधनहरु निर्वाध रुपमा सँचालनमा रहेको छ । सिरहाको विभिन्न स्थानमा मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ ।

दुई दिन जनमत पार्टीले प्रभाव जमाएपनि मँगलबार भने डा. सिके राउत नेतृत्वको जनमत पार्टीको प्रभाव बिहानैदेखि शून्य देखिएको छ । सिरहा प्रशासनको निषेधाज्ञापछि जनमत पार्टीका कार्यकर्ताहरु पनि बाहिर निस्कन सकेका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button