आज प्रचण्ड ले उठेको प्रस्न को जवाफ दिने।

नटराज टाइम्स । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनअन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बुधबारदेखि सुरु भएको समूहगत सुझाव पेस गर्ने क्रम बिहीबार सकिएको हो ।
आज दिउँसो १ बजेपछि लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत एवम् छलफल हुँदैछ । आज तीन वटै आयोगको प्रतिवेदन पेश भएपछि पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिँदैछन् ।आज अध्यक्षको जवाफसँगै नयाँ केन्द्रीय समिति चयन गर्ने र महाधिवेशन समापन गर्ने कार्यक्रम छ ।
अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले आज जवाफ दिने माओवादी केन्द्र को महादिबेसन प्रतिनिधि तथा सहिदनगर नगरपालिका को मेयर उदय वरबरिया यादव ले जानकरी दिए ।