कोरोनाको संक्रमण ह्वात्तै बढ्यो : पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना नयाँ संक्रमित थपिए


काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो संख्या पछिल्ला केही महिना यता कै सबैभन्दा धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  पिसिआर परीक्षणबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित नेपालमा अब ११ हजार ६ सय  ९० जना कोरोनाका संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यही अबधीमा २७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button