राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा धनुषा र महोत्तरी जिल्लाको उत्कृष्ट प्रदर्शन


नटराज टाइम्स् जनकपुर: नेपाल भारोत्तोलन संघ द्वारा भक्तपुर जिल्लाको सानो थिमीमा आयोजित २४औ पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा धनुषा र महोत्तरी जिल्लाले उत्कृष्ट प्रदर्शन गरेको छ।

धनुषा जिल्लाको समिरन यादव ८१ किलो वजन समुहमा युथ तर्फ स्वर्ण पदक जितेको छ र ९६ किलो वजन समुहमा उज्वल कुमार मिश्रले कडा प्रतिस्पर्धा गरि कास्य पदक जित्न सफल भएको छ।

त्यस्तै महोत्तरी जिल्लाको राजगुरु यादव ८६ किलो वजन समुहमा नेपाली सेना तथा नेपाल प्रहरी सँग प्रतिस्पर्धा गरि कास्य पदक जितेको महोत्तरी जिल्लाको प्रशिक्षक सत्रुधन यादवले जानकारी दिनु भएको छ।

सीमित संसाधन बीच हाम्रो खेलाडीहरुले धेरै राम्रो प्रदर्शन गरेको धनुषा जिल्लाको प्रशिक्षण प्रमुख अनिल कुमार मिश्रले नटराज टाइम्स् संगको कुराकानीमा बताउनु भएको छ।सम्वादाता – उज्वल कुमार मिश्र


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button