प्रदेश २ नामाकरण : ‘मधेश’ नाममा जुट्यो बहुमत


धनुषा । प्रदेश– २ को नाम ‘मधेश’ कायम भएको छ । सोमबार प्रदेशसभामा भएको मतदानमा ‘मधेश’ नाममा दुई तिहाइ मत परेको थियो ।

प्रदेशसभाका १०४ मध्ये मतदानमा ९९ सांसदहरुले मतदान गरेका थिए । जसमा ८० जनाले मधेशको पक्षमा मतदान गरेको सभामुख सरोज कुमार यादवले बताउनु भएको छ ।

प्रदेश – २ को नामाकरणको सम्बन्धमा कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेको थियो ।

जसमा मधेश नाममै बहुमत प्राप्त भएको हो ।यसअघि नै प्रदेश २ को नामाकरणका लाािग पनि मतदान भएको थियो । मतदानबाट टुङ्ग्याइएको प्रदेश राजधानीमा नामकारणमा जनकपुर कायम भइसकेको छ ।नामाकरणका लागि भएको मतदानमा पनि दुई तिहाई सांसदहरुले जनकपुरको पक्षमा मतदान गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button