मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ ।
जनकपुरधाम, ३ माघ । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ ।
प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा भोलि सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
प्रदेश सरकार गठन भएको ४ वर्षपछि आज दुई तिहाई मतद्वारा मधेश नाम पारित भएको हो ।
प्रस्तावको पक्षमा जसपा, लोसपा, माओवादी केन्द्र, संघीय समाजवादी पार्टीका अलावा अन्य दलका केही सांसदहरुले पनि मतदान गरेका थिए ।