जनमत पार्टीका कार्यकर्ताद्वारा जनप्रतिनिधिको गाडी तोडफोड


जनकपुरधाम । जनमत पार्टी नेपालका कार्यकर्ताले जनप्रतिनिधिको गाडी तोडफोड गरेका छन् ।

जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन उत्रिएका उनीहरुले जनकपुरमा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाई र उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका हुन् ।

मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, भराठासहित नगरक्षेत्रमा रैली प्रदर्शन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

प्रहरीले अवस्था नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ ।किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘पहिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित जनमत पार्टी आन्दोलित भएको हो ।

किसानको मुद्दालाई सम्बोधन गराउनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्रसमेत बुझाउने जनमतको कार्यक्रम छ। तर, बिहानैदेखि नगरक्षेत्रमा पार्टीका कार्यकर्ताहरुले उग्र प्रदर्शन गरेपछि झडपको भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button