जनमत कार्यकर्ताद्वारा जनकपुरधाममा डाक्टरमाथि आक्रमण


जनकपुरधाम!जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाममा चिकित्सकमाथि आक्रमण गरेका छन् ।

केही समयदेखि मधेश प्रदेशमा उग्र प्रदर्शन गर्दै आएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधबार जनकपुरमा एकजना डाक्टरमाथि आक्रमण गरेका छन्।

जनकपुरधामको पीडारी चोकमा जलेश्वर अस्पतालका सुपरिटेन्डेन्ट डा.सतिस साह माथि जनमतका कार्यकर्ताहरुले आक्रमण गरेका छन्

जनमतका कार्यकर्ताको आक्रमणबाट डा. साहको टाउकोमा आठवटा टाँका लगाउनुपरेको छ। उनको अनुहारमा पनि गहिरो चोट लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button