चर्चित भारतीय गायक ‘लता मँगेशकर’ रहेनन्, सिँगो देश डुब्यो शोकमा
जनकपुरधाम । विश्वमै चर्चा कमाएकी भारतीय गायक लता मँगेशकरको आईतबार निधन भएको छ ।
हिन्दी सिनेमा र म्यूजिक जगतमा भारतलाई विश्वमा चिनाएकी चर्चित गायक मँगेशकरको आईतबार निधन भएको खवर आएको छ ।
स्वरको कोकिला मानिएकी लता मँगेशकरको ९२ बर्षको उमेरमा निधन भएको हो ।
लता मँगेशकरको निधनपछि भारतीय फिल्म दुनियाँ र सँगीत दुनियाँमा गहिरो चोट परेको छ । उनको निधनले अहिले पुरै भारतमा शोकको माहौल बनेको छ ।
विगत एक महिनादेखि विरामी परेकी स्वर कोकिला लता मँगेशकरको उपचार अस्प्तालमा चलिरहेको थियो । गत ८ जनवरीदेखि नै विरामी परेकी लताको मुम्बईस्थित क्रैण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
लता मँगेशकरलाई कोरोनाको सागै निमोनिया पनि भएको थियो । भारतमा मात्र नभई विश्वमै उनलाई लता दिदी भनेर बोलाइन्थ्यो । लता मँगेशकरको उमेरलाई मध्यनजर गर्दै उनलाई डाक्टरले आईसीयूमा भर्ना गरेको थियो ।
तबदेखि उनी लगातार जीवनसँग सँघर्ष गर्दै आएकी थिइन् । उपचारको क्रममा उनलाई दुई दिनको लागि मात्र भेन्टिलेटरबाट हटाइएको थियो , त्यसपछि उनको अवस्था बिग्रन थालेपछि उनलाई पुनः भेन्टिलेटरमा राखिएको थियो ।
लता मँगेशकरको निधनपछि सोसल मिडीया प्रयोगकर्ताहरुमा समेत शोकको माहौल बनेको छ । बर्षौदेखि मनोरजञ्नात्मक दुनियाँमा आफ्नो पहिचान बनाएकी लता मँगेशकर स्वर कोकिला मानिन्छन् । उनको निधनपछि भारत देशभरि शोकको माहौल बनेको हो ।
बलिवुडको दुनियाँमा मात्र नभई सिँगो सँगीत जगतमै लत्ता मँगेशकरको भूमिका सबभन्दा अग्रणी मानिएको छ । उनकै स्वरले बलिवुड स्थापित भएको मानिन्छ ।