नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यकर्ता प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ ।
नटराज सम्वादाता
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यकर्ता प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ ।
जनकपुरधाम स्थित होटल भान्छा घरको सभाकक्षमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम दुई दिन सम्म चल्ने स्थानीय युवा नेता शम्भु साहले बताए ।
एक समारोह बीच पार्टी महासचिव ईश्वर पोखरेलले पानसमा दीप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेता पोखरेल लगायतकाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । चुनावको मिति घोषणा भएसंगै एमालेले चुनावी गतिविधिलाई तीव्रता दिएको छ ।