बलिवुडका चर्चित गायक बप्पी लहरीको मृत्यू


जनकपुरधाम । बलिउडका सङ्गीत जगतका चर्चित गायक एवम् म्यूजिक डायरेक्टर बप्पी लहरीको मृत्यू भएको छ ।

मंगलबार राती ११ बजे ६९ वर्षको उमेरमा गायक बप्पी लहरीको मृत्यू भएको छ । उनले मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा अन्तिम सास फेरे ।

साङ्गीतिक उद्योगमा बप्पी लहरीलाई डिस्को किङ्ग भनिन्थ्यो ।

उनको वास्तविक नाम अलोकेश लाहिडी थियो । बप्पी लहरी आफ्नो सङ्गीतका साथै अत्यधिक सुन लगाउने भएका कारण पनि चर्चित थिए ।

बलिवुडको फिल्म डर्टी पिक्चरको एक गीत “उ ला लाल, उ ला ला” गीतपछि अधिक चर्चामा आएका लहरीको मृत्यूपछि बलिवुडकाका कलकारहरुले शोक जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button