प्रतिनिधि सभाको दोस्रो बैठक सुरु


काठमाडौं– प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ ।

दोस्रो बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता अनुमोदन गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको एमसीसी अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।

दोस्रो बैठक सुरु भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको व्याख्यात्मक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो बैठकमा पनि प्रमुख विपक्षी नेकपा एमालेले वेल घेरेर विरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button