जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं, ८ चैत्र । सर्वोच्च अदालतले स्थानीय निकायका जनप्रतिनिधिले उम्मेदवार दिनुअघि पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगले तोकेको प्रावधानलाई तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै निर्वाचन आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न भनेको हो ।
सर्वोच्चले अन्तरिम आदेश भने दिएन । अन्तरिम आदेशका लागि रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र विपक्षी निर्वाचन आयोगलाई बोलाएको छ ।