तारा एयरको विमान पहाडमा दुर्घ’टनाग्र’स्त, खोजीमा उड्यो सेनाको हेलिकप्टर
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको हो ।
‘नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ । हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन्,’ प्रवक्ता सिलवालले भने ।
https://youtu.be/nx5JJmiRDXg
काठमाडौंबाट हेलिकोप्टर उडिसकेको पनि प्रवक्ता सिलवालले बताए । ‘उद्दारका लागि काठमाडौंबाट पनि एमआई १७ हेलिकोप्टर गइसकेको छ । थप मान्छेहरू पोखराबाट लिएर घटनास्थलतिर गएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, नेपाल नागरिक उड्डयन प्राधिकरणले हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको जनाएको छ । प्राधिकरणले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै आइतबार पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः ५५ बजे जोमसोमको लागि उडेको थियो । १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीनअटर 9NAET विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।
सो पश्चात उक्त विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ । विमानको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको पनि प्राधिकरणले जनाएको छ ।
https://youtu.be/O8t6KkIIHVQ
काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौसममा सुधार आउनासाथ हवाई मार्गबाट खोज कार्य पुनः शुरु गरिने प्राधिकरणले जनाएको छ । हराएको विमान खोज्न स्थलमार्गबाट समेत नेपाली सेना र नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।