जहाज दुर्घटनाः कसैको शव चिनिने अवस्थामा छैनन, शव सँकलन गर्दै उद्धार टोली !


आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले  भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’ 

उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको हो ।

थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् । प्रहरीले शव कलेक्सन गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button