बर्दिवासमा प्रहरीद्वारा केयौं गोली फायर, तीन प्रदर्शनकारी गम्भीर घाइते

प्रहरीले चलाएको गोलि लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।


बर्दिबासमा बालिका बलात्कार गरी हत्या विरुद्ध भइरहेको प्रदर्शनमा प्रहरीले गोलि चलाएको छ ।

महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाएको हो । गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् ।बर्दिबासका ३५ वर्षीय संजय न्यौपाने, अफताब आलम र श्याम कार्की गोलि लागेर गम्भीर घाइते भएका छन् । न्यौपानेको तिघ्रमा गोलि लागेको छ । उनलाई बिर्दबासमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ । यस्तै श्याम कार्कीलाई ४ गोलि लागेको छ भने अफताल आलमलाई टाउकोमा एक गोलि लागेको स्थानीयले बताएका छन् । दुबैजनाको शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको र थप उपचारको लागि बाहिर रेफर गर्ने तयारी भइरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button