एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट


महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ ।महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् ।

हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button