बसले थिच्दा सशस्त्र प्रहरी इन्स्पेक्टरको मृत्यु


सर्लाही

बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ। सर्लाहीको बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बीओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि गए राति बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको यात्री बस बजारिएको थियो।

तीव्र गतिमा रहेको उक्त बस पल्टिएर तुलाधरलाई थिचेको थियो। बसले थिचेर गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए। प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button