नेपालमा शक्तिशाली भूकम्पको धक्का
![](https://natrajtimes.com/wp-content/uploads/2025/01/IMG_5651.jpeg)
बिहान ६:५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ।उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा पर्ने लोबुचेभन्दा १२५ किलोमिटर उत्तरपूर्वमा थियो।
नेपाली अधिकारीहरू के भन्छन्?
नेपाली अधिकारीले चाहिँ उक्त भूकम्पको केन्द्रबिन्दु चीनमा रहेको बताएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले भनिन्, “यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन हो। तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको छ।”
उनका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ। “गृह मन्त्रालयले क्षतिको विवरण सङ्कलन सुरु भइसकेको बताउनुभएको छ।”