महिला हिँसा भन्दा पनि हिँसा दबाउनु ठुलो अपराध हो– मेयर उदय कुमार बरबरिया (यादव)
महिला हिँसा भन्दा पनि हिँसा
शहिदनगर नगरपालिकामा आयोजना गरिएको महिला हिँसा विरुद्धको १६ दिने अभियानको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर बरबरियाले वर्तमान समाजमा घरेलु हिँसाको रुपमा हुने महिला हिँसा जस्ता घटनालाई घरमै दबाउनु अक्षम्य अपराध रहेको जिकिर गरे ।
उनले महिला हिँसा विरुद्धको कार्यक्रममा महिलाकै उपस्थिति न्यून रहेको प्रति चिन्ता व्यक्त गर्दै महिलाको उपस्थिति अपेक्षाकृत रुपमा अझै हुन नसक्नु पनि महिला अधिकार र उनको सुदृढिकरण अझै रफ्तार लिन नसकेको बताए ।
हाम्रो समाज अहिले पनि पुरुष प्रधान समाज रहेको छ । महिलाप्रतिको हिँसालाई समान्य रुपमा लिने गरेको छ । उनले भने, –“महिलालाई आफ्नो स्तरबाट अब आफौ उठनुपर्छ, यस्ता घरेलु र महिलाप्रति लैँिगक आधारमै हुने हिँसालाई अन्त्य गर्नु आजको आवश्यकता छ ।”
कार्यक्रममा उनले स्थानीय तहमा अधिकारिक रहेको न्यायिक समिति र त्यसको दायरा र कानुन बुझ्नुपर्ने आवश्यकता औल्याए । महिलाहरुले न्यायिक समितिमा पनि अझै पूर्ण पहुँच बनाउन नसक्नु दुःखद रहेको औल्याउँदै घरेलु हिँसा, महिला हिँसा विरुद्ध खुलेर प्रतिकार गर्न आग्रह गदैै महिलालाई शक्तिको रुपमा उभिन आग्रह गरे ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक सँबित भण्डारीले एक स्तरबाटै जनचेतना जगाउन सके महिला हिँसा न्यूनिकरण हुने बताए । उनले पहिले पहिले कुनै हिँसाका घटनामा बाहिरी शक्तिको दबाब हुँदै आएकोमा अहिले जनचेतनाको स्तर समेत अर्को तहमा गएको बताए ।
सोही कार्यक्रममा अध्यक्षता गरेकी नगर उपप्रमुख शिला देवी कापरले महिला हिँसाका घटनामा ग्रामिण स्तरमा धेरै हदसम्म महिला नै जिम्मेवार रहेको बताउँदै महिला हिँसा न्यूनिकरण र अन्त्यको लागि महिला अग्रसर हुनुपर्ने बताइन् ।
युकेएड आर्थिक सहयोग भिएसओ नेपाल तथा इन्टरनेशनल अलर्ट साझेदारी तथा समग्र जन उत्थान केन्द्र, लहान सहकार्यमा संचालित कार्यक्रम “सहज परियोजना” अन्तर्गत लैंगिक हिंसा न्यूनीकरण बिषयक सम्बाद कार्यक्रममा वक्ताहरुले सो वक्तत्व राखेको समग्र जन उत्थान केन्द्रका समाजिक परिचालक बलिराम कापरीले जानकारी दिए ।
प्रदेश नं–२ का सम्पूर्ण स्थानीय तहमा पहिलो सहिदनगर नगरपालिकाले “महिला विरुद्ध हुने लैंगिक हिंसा सम्बन्धि लागि प्रेषण प्रणाली सम्बन्धी कार्यविधी–२०७७” तथा ूलैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि–२०७७ सम्पूर्ण कार्यपालिका सदस्यहरुले मिलेर सर्बसमहतले पारित गरेको छ ।