गुगलको जिमेल, युट्युब लगायतमा आएको समस्या आंशिक समाधान


काठमाडौँ । सोमबार जिमेल, गुगल ड्राइभ, गुगल शिट र युट्युबमा समस्या आएको छ।

डाउन डिटेक्टरका अनुसार बिहान ११:५६ देखि सुरु भएको यो समस्याले विश्वभरका प्रयोगकर्तालाई प्रभावित पारेको छ । युट्युवको वेबसाइट नै नखुल्ने, खुलेको अवस्थामा भिडियो हेर्न नसकिने, जिमेल नखुल्ने तथा लग ईन नहुने समस्याहरु देखा परेको प्रयोगकर्ताहरुको गुनासो छ । जीमेल एकाउन्टामा ‘टेम्पररी इरोर’ देखाएको छ भने ‘यूट्युवमा समथिङ विन्ट रङ’ भन्ने गरेकाे छ ।

सोमबार साँझदेखि देखिएको समस्या यो समाचार तयार पार्दासम्म पूर्णरुपमा समाधान भएको छैन । यधपि आंशिकरुपमा भने गुगल सुचारू भएको छ ।

डेलीमेलका अनुसार वेबसाइटमा समस्या आउँदा ट्रयाक गर्ने वेबसाइट डाउनडिटेक्टरमा हजारौं मानिसहरूले समस्या आएको जानकारी गराएका छन् । विशेषगरी युरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, दक्षिण अफ्रिका, एसियाका राष्ट्रमा यो समस्या देखिएको छ। यो समस्या नेपालमा पनि देखिएको छ।

हालसम्म गुगलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । प्रयोगकर्ताले गुगलका एपहरुमा देखिएको समस्यालाई लिएर असन्तुष्टी जनाइरहेका छन् । केही दिन अघि मात्र फेसबुक म्यासेञ्जरमा यस्तै किसिमको समस्या देखा परेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button