संसद अधिवेशनका लागि सभामुखलाई आह्वान गर्ने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा)ले संसद अधिवेशन आह्वान गर्न प्रतिनिधि सभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेशन आव्हान गर्न आग्रह गर्ने निर्णय गरेको जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बताए।

“हामी संधिवान निर्माताहरू अहिलेसम्म जीवितै छौं। हिजोको प्रणालीको जुन संसदीय व्यवस्था हो त्यहाँ प्रधानमन्त्रीको विशेष अधिकार हुन्थ्यो तर पटक–पटक दुरूपयोग भएको हुनाले हामीले नयाँ संविधानमा त्यो प्रयोजन पुरै खारेज गरेर प्रधानमन्त्रीलाई कुनै विशेष अधिकार दिएको छैन”, भट्टराईले भने, “प्रधानमन्त्री र राष्ट्रपतिले जुन संविधान उलङ्घन गर्नुभएको छ त्यसप्रति हाम्रो घोर आपत्ति र विरोध छ। हामी प्रतिनिधि सभा अहिलेपनि जीवित छ भन्ने मान्यता राख्छौं।”