प्रदेशसभा पनि विघटन गर्ने तयारीमा प्रधानमन्त्री ओली


भर्खरै मात्र प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा समेत विघटन गर्ने संकेत दिएका छन् ।

उनले योहो टिभीको ‘सत्य संवाद’मा अन्तर्वार्ताका क्रममा प्रदेशमा चलखेल हुन थाले थप कदम चाल्ने चेतावनी दिएका हुन् । 

ओलीले यथास्थितिमा प्रदेश र स्थानीय तहमा सबै मिलेर जानु उचित हुने बताए । ‘नत्र उहाँले कमद चाल्नुभयो भने मैले पनि थप कदम चाल्नुपर्छ,’ उनले भने, ‘अहिले देशभर अस्तव्यस्तता सिर्जना गर्ने होइन । केन्द्रमा जनताको अभिमतलाई अस्वीकार गर्ने, झलझेल र कपटको सिलसिला गर्ने, अनेक पार्टी मिलेर सरकार बदल्ने खेल खेल्ने र तमासा देखाइएपछि जनतामा जानुपर्छ भनेर मैले यो निर्णय लिएको हो ।’

सत्तारुढ नेकपा विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको छ । केन्द्रमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह अलग कित्तामा उभिएपछि नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button