काठमाडौं आइपुग्यो भारतले दिएको भ्याक्सिन


भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज भ्याक्सिन बिहीबार बिहान काठमाडौं आइपुगेको छ। भारतले एयर इन्डियाको विमानमार्फत सो भ्याक्सिन पठाएको हो । यो भ्याक्सिन चार लाख मानिसलाई लगाउने नेपाल सरकारको तयारी छ।

उक्त भ्याक्सिन त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।

अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ भ्याक्सिन नेपाल आएको हो । सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई कोभिड– १९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । तर, अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button