माघ २१ गतेबाट ‘जुत्ता, चप्पल तथा व्यापार मेला सुरु हुँदै


काठमाडौं । जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएका हो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एसोसिएशनले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो । आम उपभोक्ताहरुको बीचमा आफ्ना उत्पादनहरु पु¥याउने परिचित गराउने मुख्य उद्देश्यका साथ समग्र विग्रीएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउँदै लैजान एसोसिएशनले एक्स्पोको आयोजना गर्न लागेको जनाएको हो ।

एफम्यान फुटवोयर बिजनेश एक्स्पो २०७७’ नाम दिइएको एक्स्पो माघ २१ देखि २०७७ फाल्गुन १० गतेसम्म प्रर्दशनी मार्ग स्थित भृकुटीमण्डपमा आयोजना हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button