रेडियो धनुष ९९.७ मेगाहर्ज सफलता पुर्वक एक वर्ष पार गरी दोस्रो वर्षमा प्रवेश गरेको छ
धनुषा जिल्लाको धनुषाधाममा अबस्थित रेडियो धनुष ९९.७ मेगाहर्ज विभिन्न आरोह अबरोह पारगर्दै सफलता पुर्वक एक वर्ष पार गरी शनिवार दोस्रो वर्षमा प्रवेश गरेको छ । ।
श्रि ग्रेटर मिडीया द्धरा संचालित रेडियो धनुष ९९.७ मेगाहर्ज २०७६ फाल्गुन ७ गते विधिवत रुपमा आफ्नो नियमित प्रसारण शुरु गर्दै निरन्तर श्रोताहरुमाझ समाचार, सुचना, जनचेतना मुलक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । यस अवशरमा रेडियोका सम्पुर्ण कर्मचारी,संवाददता तथा श्रोतहरुलाई अन्र्तक्रिया कार्यक्रम गर्दै भव्यताका साथ मनाईएको हो ।
यस अवशरमा कार्यक्रमका प्रमुख अतिथी नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष एवम् प्रदेश २ का मुख्यमन्त्रीका लालबाबू राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले शुभकामना मन्त्तव्य राख्दै पत्रकारहरुलाई निश्पक्ष रुपममा कलम चलाउन आग्रह गर्नुभयो । उहाँले देशमा आएको सघिय लोकतान्त्रिक गणतन्त्र र मधेस आन्दोलनमा यहाँका सञ्चारमाध्यम र पत्रकारहरुको भुमिका सराहनिय रहेको बताउनुभयो ।दुर्गम ग्रामिण क्षेत्र र पत्रपत्रिका सम्म नपुग्ने ठाउँमा रेडियोले खेलेको भुमिको प्रशंसा गर्दै आउने दिनमा प्रदेश सरकारबाट सञ्चारमाध्यमहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस वार्षिकोत्सवको अवशरमा रेडियोका सञ्चालक समितिका अध्यक्ष मुकेश ठाकुरले रेडियोलाई यहाँसम्म पुर्याउन साथदिनुभएका श्रोता,विज्ञापनदा,कर्मचारी,सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गर्दै आउने दिनमा रेडियोलाई अझ व्यवस्थित रुपमा श्रोताहरुको माझ हरेक वर्ग ,जातजाती,धर्म संस्कृतीलाई जोडदै अगाडि लैजाने हाम्रो योजना रहेको बताउदैँ उहाँले विधार्थीहरुको लागी शैक्षिक कार्यक्रम,स्वास्थयको मध्यनजर राख्दै स्वास्थय कार्यक्रम,कृषकहरुको लागी कृषी कार्यक्रम छिट्ै ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष ठाकुरले प्रजातन्त्र दिवशको दिन शुभारम्भ गरिएको रेडियोले प्रजातन्त्रलाई बलियो बनाउन महत्वपुर्ण भुमिका खेलीरहेको बताए । समग्र देशबाशीलाई सुसुचित गराउने सञ्चारको प्रमुख कर्तव्य रहेकोले संघ सरकार,प्रदेश सरकार र स्थानिय सरकार लाई सुचना उपलब्ध गराईदिन उहाँले अनुरोध समेत गरे ।
बिगत एक बर्षदेखि रेडियो धनुषले ९९.७ मेगाहर्जले धनुषा जिल्लाका सम्पूर्ण भूभाग, महोत्तरीका सम्पूर्ण भूभाग , सप्तरीका पश्चिमी भूभाग, सर्लाहीका पूर्वी भाग, पहाडका जिल्लाहरु रामेछाप , उदयपुर , सिन्धुली ,ओखलढुङ्गा लगायत भारतका विहार राज्यका जयनगर, मधुवनीका श्रोताहरु माझ एकसाथ प्रसारण भइ रहेको छ ।
यस वार्षिकोत्सवको अवशरमा अतिथीमा सबैला नगरपालिकाका प्रमुख , धनुषधाम नगरपालिका वडा नं–४ का वडा अध्यक्ष ,श्रोता ,नागरिक सामाज ,त्याँहाका स्थानिय यूवाहरुले शुभकामना मन्तव्य राखेका थिए ।