एकै दिन संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौँ- मंगलबार देशभर १० हजार २ सय ५८ जना कोभिड- १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २२ हजार ८२८ जनाको कोभिड परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् ।आज मात्र १ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमित ३९ हजार ४४ जना छन् ।काठमाडौं उपत्यकामा मात्रै थपिए साढे ५ हजारकाठमाडौंमा ४ हजार ४, ललितपुरमा ९७५ र भक्तपुरमा ९७५ जना संक्रमित थपिएका हुन् ।