रेणु यादवले राउतलाई मार्ने नियतले अभिव्यक्ति दिएको होइनः राज्यमन्त्री यादव


जनकपुरधाम, ७ माघ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले रौतहटको गौरमा दिएको अभिव्यक्तिको आलोचना भइरहँदा मधेश प्रदेशका राज्यमन्त्री योगेन्द्र राय यादवले स्पष्टीकरण दिएका छन् ।

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रले शुक्रबार बिहान जनकपुरधामस्थित एक होटेलमा पत्रकार सम्मेलन गरी संघीय मन्त्री रेणुको अभिव्यक्तिबारे प्रष्ट पारेका हुन् ।

राज्यमन्त्री योगेन्द्रले भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको हत्या गर्ने नियतले अभिव्यक्ति नदिएको दावी गरेका छन् ।

संघीय मन्त्री रेणुको बचाउ गर्दै राज्यमन्त्री योगेन्द्रले हिंसात्मक गतिविधि नगर्न सीके राउत र उनका कार्यकर्तालाई सुझाव दिएको दावी गरे ।‘सीके राउतकै कार्यकर्ताले मन्त्री यादवसहित जसपा कार्यकर्तामाथि सांघातिक हमला गर्ने योजना बनाएको थियो ।

बाटो छेकेर हमला गर्न खोज्ने १५÷२० जना राउतका कार्यकर्ताका अगाडी हजारौं जसपाका कार्यकर्ता संवेदनशील नभएको भए अर्कै परिस्थिति सृजना हुने थियो ।’

उनले भने ।गौर क्रान्तिकारी भूमि भएको र यसरी हिंसात्मक गतिविधि गर्दा त्यस्तै घटना दोहोरिनसक्ने भएकाले त्यस्तो गैरलोकतान्त्रिक र अराजक गतिविवधि नगर्न संघीय मन्त्री रेणुले सचेत गराएको उनको तर्क थियो ।साथै, उनले किसान आन्दोलनको नाममा सीके राउतले आफ्नो राजनीतिक रोटी सेकिरहेको आरोप लगाए । उनले सीके राउतको किसान आन्दोलन नक्कली रहेकोसमेत बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button