फागुन ३ गते मँगलबार सार्वजनिक विदाको घोषणा


जनकपुरधाम । प्रदेश सरकारले प्रदेश सरकार स्थापना दिवसको अवसरमा आउँदो मँगलबार सार्वजनिक विदाको घोषणा गरेको छ ।

संघीय नेपालको लुम्बनी प्रदेशले आगामी मँगलबार फागुन ३ गते प्रदेश सरकारको स्थापना दिवसको अवसर पारेर एक दिने सार्वजनिक विदा दिने निर्णय लागु गर्ने भएको छ ।

गत बर्ष २०७७ साल चैत्त गतेको मन्त्रीपरिषदको निर्णय अनुसार नै फागुन ३ गते मँगलबारको दिन सार्वजनिक विदा हुने बताइएको छ ।

मँगलबार लुम्बीनी प्रदेशको १२ वटा जिल्लामै सार्वजनिक विदा हुने भएको छ । सो दिन १२ वटै जिल्लामा सरकारी कार्यालयहरु बन्द रहने जनाइएको छ

प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा दिएको आन्तिरक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

यता, मधेश प्रदेश सरकारले केही दिनकै अन्तरालमा विभिन्न अवसरमा विदा दिन थालेपछि चौतर्फी आलोचना भएको छ ।

देशमा कतै नमनाएको जनयुद्ध दिवस मधेश प्रदेशमा मनाउनको लागि फागुन १ गते आईतबार सार्वजनिक विदा दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button