मधेस प्रदेशमा सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार क्रियाशील
मधेस प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले समतामूलक र विभेदरहित समाज बनाउन शिक्षा र समृद्धि आवश्यक भएको भन्दै नागरिक समाजको सबलीकरण हुनुपर्ने बताउनुभयो ।
उहाँले देशका बहुसँख्यक व्यक्ति राज्यप्रदत्त सेवा र सुविधाबाट वञ्चित भएको औंल्याउँदै सीमान्तीकरणमा परेकाहरूलाई मूलप्रवाहमा ल्याउन राज्यले थप क्रियाशीलता देखाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले सङ्घीयताविरुद्धको मनोविज्ञानबाट केही कर्मचारी ग्रसित रहेकाले पनि थुप्रा योजना कार्यान्वयनमा कठिनाइ उत्पन्न भइरहेको अनुभव सुनाए ।
सामाजिक सुरक्षा नागरिक सञ्जालका अध्यक्ष डोल्मा तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशसभा सदस्यहरू डा.रीना यादव, पारस साह, सरस्वती चौधरी, अल्का झा, सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठलगायतका विभिन्न क्षेत्रका व्यक्तिहरूले आआफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा मधेस प्रदेशमा सामाजिक सुरक्षा विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका पूर्व