सुनसान हुँदै बुटवल


निकै नै चहल पहल भएका जिल्ला सदरमुकामहरु हिजो आज सुनसान भएका छन् । ईतिहासमा बैभवशाली ब्यापारिक केन्द्रहरु बन्दिपुर , भिमफेदी र तानसेन जस्ता बजारहरु सुनसान भएर फेरि बौरिने अवस्थामा रहेको चर्चाहरु हुने गर्दछन् । मान्छेको उद्यमशिलता , व्यापार , अस्पताल शिक्षा र पर्यटन आदिले शहरलाई जिवनता प्रदान गर्दछ । पश्चिम नेपालकै ब्यापारको केन्द्र बटौली ( पारि बुटवल ) दशकौं सम्म निकै चहल पहल रहेको कुरा अग्रजहरुले सुनाउँनु हुन्छ । सिध्यार्थ राजमार्ग , पूर्व पश्चिम राजमार्ग खुल्नु र तिनाउमा पुल बन्नु संगै बटौलीको चहल पहल खस्यौली भनिने आजको वारि बुटवल( खस्यौली ) तर्फ सर्दै गयो । चिडिया खोला , गोलपार्क , पुल्चोक ट्राफिक चोक क्रमस तल तल झर्दै गएको देखिदै छ ।

चौराहा गोलपार्क बाटो निमर्माणको असर

बनाउँन थालिएको यो बाटोको कारण राजमार्गमा मोहडाका सटरहरुमा हिलो , धुलो र खाल्डाखुल्डीका कारण व्यापार भएन । बर्षौं सम्म लथालिङ्ग शडकका कारण व्यापार नहुने तर घरबेटीले भाडा बढाउँदै लगेका कारण धेरै ब्यापारीहरु ब्यापारबाटै पलायन भए या नायाँ ठाउँको खोजिमा अनेत्र गए । राज्यका निकाय तथा केठि ठेकेदारका कारण भएको यो नोक्सानीको भरपाई कस्ले गर्छ ? खास गरेर बाटोको जग्गामा बनेका घरहरु भत्तकाउँन नदिन अदालत सम्मै चलखेल गर्ने घरबेटीहरुले गरेको पाप कुर्लदै छ । राजमार्गका थुप्रै शटरहरु खालि हुँदै गएका छन् । अर्को तर्फ बेलहिया चौराहा बाटो अलि छिटो बनेकोले बुटवलको व्यापार योगिकुटी भन्दा तल राजमार्गमा भैरहवा सम्म फैलिदै गयो र अझ जाने क्रम तिव्र छ ।

महंगो घरभाडा

हाटबजार लाईन , संगम पथ , अमर पथ , गल्ला मण्डी रमैत्री पथ जस्ता भित्री बजार क्षेत्रमा बैंक , सुन पसल र क्लिनिक तथा फार्मेसीहरु अनि फर्निसिङ तथा फर्निचरहरुले घरबेटीलाई आफै धेरै भाडा दिएर उचाले । जस्का कारण धेरै भाडा तिर्न नसक्ने साना ब्यावसायीहरु खदेडिए । ऐले बैंकहरु मर्ज हुँदै गएका र क्रोना र युक्रेन युद्ध पछि ब्यापारमा आएको मन्दिका कारण सबैलाई समस्या भएको छ ।

साना ब्यापारीको काल बन्यो भाटभटेनी

भाटभटेनी खुले पछि बुटवलका उपभोक्ताहरु त्योतर्फ आकर्षित भए । सुरुसुरुमा रमाइलो लागेर पनि मान्छेहरु त्यता गएका थिए पछि सबै प्रकारको सामान एकैठाउँमा पाइने तथा मोलमोलाई गर्नु नपर्ने हुनाले धेरै मान्छेको रोजाई बन्यो भाटभटेनी ! त्यहीँ समान बजारमा धेरै सस्तो पाइने भए पनि बार्गेनिङका कारण बाहिर ठगिएको अनुभूति पनि गर्ने रहेछन् । धेरै बेर कच कच गरेर समान किन्नु भन्दा गयो आफूलाई चाहिएको समान छान्यो हिंड्यो ! तर वास्तबिकता फरक छ बजारमा भन्दा भाटभटेनी धेरै नै महंगो र समानको गुणस्तर पनि राम्रो छैन तर के गर्ने मान्छेलाई सजिलो चाहिएको छ । अझ केही गृहेणीहरु यसो भन्दा रहेछन् “सपिङ भनेको त भाटभटेनी मा गर्नु पर्छ अब पनि कति कुकुर झै डुलिरहनु ! ” साना साना किराना , फेन्सी र कपडा पसलहरुको निमित्त त भाटभटेनी कालै बन्यो ।छैन सकारात्मक प्रभाव पूर्वाधार विकासको !पञ्चायतकालमा धनुशामा हेमबाहादुर मल्लले सरकारी बजेट घोप्टाउँछन् भन्ने हल्ला थियो । बहुदलमा खुमबाहादुरले दाङ् लग्थे रे गणतन्त्र आए पछि ओलीको झापा र बिष्णु पौडेले सर्वाधिक बजेट ल्याउँछन् भनिन्छ । भने अनुसारको बजेल जिल्लामा आएको पनि हो । तर बजेटले स्थानीय उत्पादन र रोजगारी श्रृजानमा खासै योगदान भएन । अर्बौंका परियोजना देख्न भाषण गर्न र जग्गा ब्यापारीहरुलाई बिज्ञापन गर्न मात्र सघायो । विकासे हल्लाको कारण घरधनीहरुले मनपरि भाडा वृद्धि गर्ना साना ब्यापारीको बिल्लिबाँठ मात्र भयो ।लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल तिनाउ कोरिडोरमा बनेका झण्डै आधादर्जन पुलहरु बुटवलमा बनेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रको प्रभाव पर्यटन क्षेत्रमा पनि आसातित रुपमा परेको देखिएन । ठूला पूर्वाधार बिकस पछि धेरै आसा गरेर खोलिएका होटलहरुको लगानिकर्ताहरु निरास छन् । ३६ अर्ब ऋणमा बनेको अन्तराष्ट्रिय बिमानस्थल जसरि पनि सञ्चालनमा ल्याउँनु पर्ने चुनौति थपिएको छ । यो क्षेत्रमा खुलेको एउटा मात्र पाँचतारे होटल पनि चलेन । रुपन्देहीको तिव्र विकासको आसाले घर जग्गामा भएको लगानि चौपट भएको अवस्था छ । आम सर्बसाधारणले दुःख गरेर जम्मा गरेको पैसा घडेरीको रुपमा जम्मा गरेका थिए । ऐले त्यसको बिक्रि रोकिन गएकोले एक प्रकारले पुँजी जाम भएको छ र आवश्यक पर्दा अचल शम्पत्तीले काम छोपेको छैन । बिमानस्थल , पुल , शडक र भवन जस्ता पूर्वाधारहरु मात्र विकास भनेर निकै हौवा पिटियो । उपभोग्य तथा निर्यातजन्य सामग्रीको उत्पाद कम हुँदा आयातमा मात्र रकम खर्च हुँदा बजारमा चलायमान पूँजि घटेर बजार शून्यता तर्फ उन्मुख हुँदै गएको छ ।

झोले संघ सस्था

पुरानो ब्यापारीहरुको संघ बुटवल उद्योग बाणिज्य संघ , उद्योग संघ , व्यापार संघ , राष्ट्रिय उद्योग ब्याबार संघ , विभिन्न पेशागत संघ माहासंघ हरु यो क्षेत्रमा कार्यरत छन् । बर्षै पिच्छे सदस्यता शुल्क लिने बाहेक ती संघ संस्थाहरुले सदस्य ब्यावसायीहरुको पक्षमा काम गर्नुको सट्टा पार्टिका नेता तथा मन्त्रीहरुलाई बधाई टक्राउँने , जन्म दिनको शुभकामना दिने र कोहि परलोक हुँदा श्रदान्जली अर्पण गर्नेमा सिमित छन् । मालिकको झोला बोक्नु नै कर्तब्य संझिने चरित्र सर्बत्र देख्दा लज्जा बोध हुन्छ तर एक्लै परिने डरले हामी सबै ब्यावसायी कतै न कतै जोडिएकै छौं ।

अन्तमा

केही बर्ष अघि ब्यापारमा भएको अस्वस्थ प्रतिस्पर्धाको कारण घरभाडा अत्यन्तै महंगो भयो । च्याउ झैं खुलेका बैंकलाई अलि ठूलो घर देख्नै भएन । फर्निसिङ – फर्निचर , फार्मेसी- क्लिनिक , सुनपसल , सहकारी तथा अरु वित्तिय संस्थाहरुले घरबेटीहरुलाई अत्यधिक भाडा दिए । त्यो प्रतिस्पर्धाबाट अरु ब्यापारी पनि मारमा परे । घरभेटीहरुले लाखौं रकम डिपोजिट र चर्को भाडा असुलि रहे । खास गरेर शडकको काम ढिलो हुनु , क्रोना माहामारी , युक्रेन युद्ध र बैंकको ब्याज जस्ता कुराले उद्योग ब्यापारमा आएको मन्दिलाई ख्याल गरेर बुटवल भित्रको घर भाडा आधा घटाउँनु पर्ने अवस्था छ । आर्थिक मन्दिको असरलाई न्यून गर्न यो एउटा राहात हुन सक्छ । होइन भने बुटवल ऐलेको पारि बुटवल र भिमफेदी बन्न बाट कसैले रोक्न सक्ने छैन ।

भुवनेश्वर अर्याल,बुटवल,मुद्रण तथा मसलन्द व्यावसायी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button