कार्यआदेश विना नै सडक निर्माण, भुक्तानी नभएपछि गाउँपालिकामा गरे शक्ति प्रदर्शन


धनुषा जिल्लाको लक्ष्मीनियाँ गाँउपालिकाका वडा नम्बर ६ मा रहेको महेन्द्रनगर यादवको घरदेखि पुर्व बगेबा देखि निकाल जाने बाटो सम्म १ किलोमिटर सम्म बन्दै गरेको बाटोको समझौता तथा कार्यदेश नै न लिएर सडक निर्माण गर्नुभएको गाउँ पालिका कै एकजना व्यक्तिले बताउनुभयो ।

यता वडा अध्यक्ष महावीर प्रसाद साहले समिति गठन गरेर गाउँ पालिकामा पठाउदा उक्त उपभोक्ता समितिलाई गाउँपालिका द्वारा रद्द गरेको आरोप लगाउनुभएको छ । यता त्यस वडाको प्राविधिक निरज कुमार सिंहका बमोजिम उक्त उपभोक्ता समिति गठन भइआएको उक्त कृषि सडक निर्माणको कार्य पहिले नै भएकोले त्यस योजनाको कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन मुनासिव नरहेको बताउनुभयो।

त्यसैगरी गाउँ पालिकाका इन्जिनियर राकेश रत्न यादवका अनुसार त्यस सडकको कार्य पुर्व नै भइसकेकोले प्रकृया अगाडि बढाउन नमिल्ने टिप्पणी गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम बहादुर उपरकोटीले ” पहिले नै बाटो बनाउने कार्य हुँदै आएकोले उक्त योजना बदरको निर्णय गाउँ पालिका अध्यक्ष समक्ष पेश गरेको “बताउनुभयो । त्यसै अनुरूप नयाँ कृषि सडक निर्माण तथा मर्मत सम्भार रहेको योजनामा गाँउ पालिकाका अध्यक्ष मिश्रले योजना बदरको निर्णय सदर गर्नुभएको छ ।

Enter


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button