जनता सँग जसपा नेपाल अभियान्ता अभिमुखीकरण कार्यक्रम


जनता समाजवादी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनतालाई सचेत र संगठित गरेर जनताबाट आएका सवालहररुमा सडक तताउने योजनाका साथ जनता सँग जसपा नेपाल अभियान्ता अभिमुखीकरण कार्यक्रमको आज बागमती प्रदेश उद्घाटन गर्नुभएको छ।

आज बागमती समिति द्वारा कार्यक्रमको आयोजनमा काठमाडौंमा गरिएको छ। कार्यक्रमा अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट पार्टीले गरेको गल्ती साना दललाई आरोप लगाएका छन् भन्ने धारणा राख्नुभयो ।‌

उहाँले भन्नुभयो ” कांग्रेस र कम्युनिष्ट ले गरेको गल्तीलाई ढाकछोप गर्दैछन् ” बताउनुभयो ।

संविधान जारि गरेको करिब ९ वर्ष बितिसक्दा पनि प्रदेश अधिकार सम्पन्न भएको छैन् , संविधान जारि गरेको ३ वर्ष भित्रमा नै सम्पूर्ण विधेयकहरु पारित गरि प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने थियो तर भएन यसको जिम्मेवारी कसले लिने ? ” भनेर टिप्पणि गर्नुभएको छ। अध्यक्ष यादवका अनुसार संविधान परिवर्तन गर्न वा आवश्यक परे पूनरलेखन गर्नुपर्ने बताउनुभएको छ ।

उँहाले भन्नुभयो ” प्रदेशलाई आत्मनिर्भर बनाउने, प्रदेश १० +१ प्रदेश मा जानुपर्छ, राज्यको पुनर्संरचना फेरि गर्नुपर्छ, संसद सरकारमा गएन भने भ्रष्टाचार मेटिन्छ साथै निर्वाचन प्रणालि महगो भएकोले यसलाई खारेज गरेर पुर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने वाहेक कुनै विकल्प छैन्।

७१ वटा देशमा यो प्रणाली लागु छ र कतिपय देशहरुमा जनतालाई गरेको वाचा पुरा गर्न नसके त्यता जनप्रतिनिधिलाई फिर्ता बोलाउने समेत व्यवस्था रहेका जानकारी गराउनुभयो । शिक्षा प्रणालीमा परिवर्तनको, पढ्दै काम गर्दै गयोभने कामका लागि विदेश जाने अवस्था आउदैछन् ।

शिक्षा र स्वास्थ्यको व्यवस्था राज्यले मिलाउनुपर्ने हुन्छ बताउनुभयो। आज भन्दा पहिले निजी विद्यालय र अस्पताल नभएको समयमा पनि राम्रै शिक्षा र स्वास्थ्यको अवस्था थियो । तर कंग्रेस र कम्युनिष्ट पार्टी र केहि दिन राजले गरेर सबै ध्वस्त भएको छ आरोप समेत लगाउनुभएको छ । त्यसैले अब देशलाई जोगाउन जनता समाजवादी पार्टी नेपाललाई नै दिनुपर्छ । मुलुकलाई ३० वर्षका देश काङ्ग्रेस र कम्युनिष्ट पार्टीले बरवाद गरेको छ त्यसैले मुलुकको जनता देश बर्वाद भयो सुनेर यो अभियानको प्रारम्भ आज बागमती प्रदेशबाट गरिएको छ । अध्यक्ष यादवले भन्नुभयो “देशमा सामाजिक आर्थिक विकासका लागि यो अभियान निरन्तर जारी हुनेछ, यस्को स्वरूप परिवर्तन गरिदै जान्छ तर अभियान रोकिदैन। देश र जनतालाई जोगाउन इतिहासले दिएको अवसरलाई हामीले यो जंजालबाट मुलुकलाई देशमा हजारौं वर्षदेखि कायम विभेद र उत्पिडित जनता न्याय दिलाउन यो अभियानमा सबैलाइ जुट्न आग्रह गर्नुभएको छ। यो अभियान ४ महिनाको रहेको छ ‌। अभियान सातवटै प्रदेशमा चल्ने समेत जानकारी गराउनुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button