कोषाध्यक्षको लागि रामचन्द्र पँजीयार उम्मेदवारी दिएका छन्

जनकपुरधाम, १४ भदौ २०८१, शुक्रवार
जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा कोषाध्यक्ष पदको लागि रामचन्द्र पँजीयार उम्मेदवारी दिएका छन्
जनकपुरधाम उद्योग वाणिज्य संघ कोषाध्यक्ष पदको उम्मेदवार उद्योग वाणिज्य संघ समृद्धि र व्यावसाय परिचालन हाम्रो अभियानका लागि आत्मसात गर्दै आफुले व्यापार सम्हाले देखि जनकपुरधामलाई कर्म थलो बनाई उद्योग वाणिज्य तथा व्यावसायिक यात्री बनेर जनकपुरधाम उद्योग वाणिज्य संघको प्रगति र उद्योग व्यापार व्यवसाय फस्टाउन, सम्बर्दन प्रवर्दन गर्न लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
चुनावमा कोषाध्यक्ष पदको लागि उम्मेदवारी दिएका पँजीयारले जनकपुरधाम उद्योग वाणिज्य सँघमा युवा शक्ति, युवा नेतृत्वको खाँचोलाई परिपूर्ति गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
उनले व्यापारीहरुको समृद्धिको लागि नयाँ शीराबाट सुरुवातको आवश्यकता रहेको बताए ।
बजार मन्दी चलरहेको अवस्थामा यहाँ बजारलाई बुझ्न सक्ने नेतृत्वको खाँचो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी त्यसलाई परिपूर्तिको लागि रहेको बताए ।
यहाँका युवा व्यापारीहरुले समेत वर्तमान बजारलाई आँकलन गर्न नसक्दा व्यापार घाटा, महँगाई बढेको बताउँदै उम्मेदवार पँजीयारले आफू निर्वाचित भएपछि विभिन्न प्रणालीलाई बजारमा लागू गर्ने बताए ।
कोषाध्यक्ष पदको उम्मेदवार रामचन्द्र पँजीयार को प्रतिबद्धताहरु यस्ता छन् ।
-जनकपुरधाम बजारबाट व्यापारी पलायन हुने समस्याको खोजी गरी त्यो समाधानका लागि पहल गर्नेछु ।
–शिथिल बन्दै गईरहेको जनकपुरधामको बजार व्यवसायलाई गतिशिल बनाउन पहल गर्नेछु ।
–जनकपुरधामको बजार व्यवसाय गतिशिल बनाउन कार्गो रेल आवश्यक रहेकाले सम्बन्धित पक्ष समक्ष कार्गो रेल सेवा शुरु गर्नका लागि दवाबको सिर्जना गर्नेछु ।
– बजार क्षेत्रमा पार्किङ्ग व्यवस्थित गर्न स्थानीय सरकारसँग सहकार्य गर्नेछु ।
– महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरि उद्यमी बनाउने कार्य तर्फ अग्रसरता देखाउने छु ।
–जनकपुरधाम कृषि प्रधान शहर रहेकाले यहाँ उत्पादन भएका कृषि सामग्रीको बजारसम्म पहुँचको सुनिश्चितता गर्नेछु ।
–व्यापारीलाई आवश्यक नियम कानुन सम्बन्धि जानकारीको अभावमा अनुगमनमा आउँदा विभिन्न समस्या आउने गर्दछ त्यसलाई न्युनीकरण गर्न तर्फ पहल गर्नेछु ।
– कर सम्बन्धि आएको प्रत्येक नयाँ नियमलाई व्यापारी सबैलाई सु–सुचित गराउनेछु जसकारण अनुगमन आउदा अनभिज्ञताले जरिवाना तिर्न नपरोस त्यता तर्फ व्यापारीहरुलाई सचेत गराउनेछु ।
–जनकपुरधाम मन्दिरै मन्दिर तथा पोखरी नै पोखरीको शहर भएकाले यहाँ पर्यटनको प्रचुर सम्भावना छ, ती सम्भावनाहरुको खोजी गरी जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्नका लागि सम्बन्धित निकायसंग पहल गर्नेछु ।
–घर–बहाल कर सम्बन्धि आउने समस्याहरू सम्बन्धित निकाय बाट छलफल गरि समाधानका लागि पहल गर्नेछु ।
–व्यापारी व्यवसायीहरुलाई कर दाखिलाका लागि आन्तरिक राजश्व कार्यालयसंग समन्वय गरी सहज रुपमा कर दाखिला गर्ने वातावरणको सिर्जना गर्ने छु ।
– सुरक्षित व्यवसायका लागि सिसि क्यामेरा जडान गर्ने र भएकालाई मर्मत र सुचारु राख्न पहल गर्नेछु ।