युवा पिँढी का नयाँ ऊर्जावान अन्कोलोजीस्ट हरु को साथ नेस्मो को अध्यक्षमा डा.सुदीप श्रेष्ठ निर्वाचित
२०७५ सालमा स्थापित नेपलिज सोसाइटी अफ मेडिकल अन्कोलोजी ( NESMO ) एक गैर नाफामूलक समाजिक संस्थाले आफ्नो स्थापना काल देखिनै क्यान्सर क्षेत्र मा काम गर्दै आएको छ ।
क्यान्सर क्षेत्र का पेशा कर्मी चिकित्सक हरु लाई एकबद्ध गर्दै देशमा क्यान्सर को बिधमान समस्या हरु लाई समन्वय एवं सहकार्य को साथ समाधान गर्ने यस संस्था ले बिगत का बर्ष हरु मा क्यान्सर को उपचार मा आउने गरेको अौषधि ब्यबस्थापन को बिषम पक्ष हरु मा सरकार संग निरन्तर संवाद गरेको छ ।
उपचार लाई अझ बैज्ञानिक एवं समय सान्दर्भिक बनाउन राष्ट़िय एवं अन्तरराष्ट्रिय स्तरमा मा हुने गरेको सभा सम्मेलन मा आफ्नो अनुसन्धान लाई साझा गर्दै आएको छ।
क्यान्सर बिधाका क्लिनिकल चिकित्सक हरु को यो संगठन मा मेडिकल अन्कोलोजी, पेडियाट़ीक अन्कोलोजी एवं हेमाटोलोजी मा दिक्षित भएर नेपाल मेडीकल काउन्सिल मा रजिष्टर्ड भएका बिज्ञ चिकित्सक हरु यस सोसाइटी का पदाधिकारी एवं सदस्यहरु छन्।
यस संस्थाले भदौ २८ ललितपुर मा आफ्नो आन्तरिक महासभा गर्दै नयाँ कार्यसमिति को चयन गरेको छ।
नयाँ कार्यसमिति मा नेपाल क्यान्सर अस्पताल , हरिसिद्धि का अध्यक्ष समेत रहनुभएका वरिष्ठ चिकित्सक डा. सुदिप श्रेष्ठ अध्यक्ष, उपाध्यक्ष डा.रोशन प़जापति निर्वाचित हुनुभएको छ।
बरिष्ठ रगत एवं क्यान्सर रोग बिशेषज्ञ डा.अजय कुमार झा महासचिव मा एवं कोषाध्यक्ष मा डा.सुष्मिता चयन हुनुभएको छ। सदस्य हरु मा डा. राजीव देव , डा.सचिन श्रेष्ठ, डा.रमिला, डा. बिबेक एवं डा.लिजा को चयन संगै सोसाइटी ले नयाँ पुस्ता का ऊर्जावान ब्यक्तित्व को सामुहिक कार्यदक्षता ले नयाँ दिशा पाउने छ।
निर्वाचन समितिका डा मदनकुमार पिया एवं गिशुप प़शिको लाई हार्दिक बधाई ग्यापन गर्दै नयाँ समितिका पदाधिकारीहरु हरु लाई आफ्नो कार्यकुशलता एवं लगनशीलता का साथ अगाडि बढन हौशला प़दान गर्दै पुरानो समिति बिदा भएको छ।
आउँदो समय मा क्यान्सर को उपचार बिधि मा बैज्ञानिक समानता ल्याउने, अौषधी ब्यबस्थापन मा देखिएका समस्या हरु लाई सरकार संग संवाद, सहकार्य गर्ने एवं क्यान्सर रोकथाम को अभ्यास लाई अझै स सशक्त गर्ने, यस क्षेत्र मा अध्ययन एवं अनुसंधान लाई अझै साझा प़यास ले अगाडि लैजाने नयाँ कार्यसमिति को कार्य योजना रहेको छ।