तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न


ग्रेटर मधेस मिडियाले आयोजना गरेको तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । सोमबार धनुष टिभीमा संचालन भएको आधारभुत पत्रकारिता तालिम तीन दिनसम्म संचालन भएर आज सकिएको हो । ग्रेटर मधेस मिडिया प्रालिको आर्थिक सहयोगमा धनुष टिभिले तालिमको आयोजना गरेको थियो ।

तालिममा नंया भर्ना भएका ८ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको ग्रेटर मधेस मिडियाका अध्यक्ष मुकेश कुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमका सहभागीहरुलाई आधारभूत पत्रकारिताका बारेमा सिकाइएको थियो ।

नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरेको धनुष टिभीले आउँदा दिनमा स्थानीय तह,प्रदेश सरकारसंग सहकार्य गरेर पुनर्ताजकी तालिम संचालन गर्ने जनाएको छ । तालिमका सबै सहभागिहरुलाई प्रमाण–पत्रको व्यवस्था गरिएको थियो । त्यस्तै ठाकुरले तामिम संचालन गर्दा लागेको खर्च ग्रेटर मधेस मिडियाले व्यवस्थापन गरेको बताए ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सभाका सांसद एवं जसपा प्रमुख सचेतक रामअशिष यादवले ग्रेटर मधेस मिडियाले गरेको लगानीको भरपुर उपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । तालिममा सिकेका कुरा व्यवहार लागु गरी पत्रकारिता क्षेत्रमा स्थापित हुन उहाँले प्रशिक्षार्थीलाई शुभकामना समेत दिनुभयो ।

तीन दिने आधारभुत पत्रकारिता तालिममा प्रेमचन्द्र झा,शैलेन्द्र क्रान्ति,काशिन्द्र शर्मा,राजनमिश्र,रोहित कुमार महतो,सुरेश कुमार यादव,धर्मानन्द ठाकुर,अमरेश मल्लिकर ओमप्रकाश साह प्रशिक्षकको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।कार्यक्रमम हंसपुरका पुर्व मेयर रामज्ञान मण्डल,पत्रकार सुरेशकुमार यादव,प्रेमचन्द्र झा सहितले शुभकामना मन्तव्य राख्नु भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button