विवाह पञ्चमीको अबसरमा धनुषा जिल्लाका सशस्त्र प्रहरीले एक्दमै उल्लेखनिय कार्य गरेको छ ।



जनकपुरधा मधेस प्रदेसको राजधानी जनकपुरधाममा आयोजित सीताराम विवाह पञ्चमी महामहोत्सवको अबसरमा धनुषा जिल्लाका सशस्त्र प्रहरीले एक्दमै उल्लेखनिय कार्य गरेको छ ।

९०५ जना सशस्त्र प्रहरी जवानहरु ड्युटीमा परिचालित जिल्लाका सशस्त्र प्रहरी प्रमुख दर्शन गिरीले बताउनुभयो ।

जानकी मन्दिर, विवाह मण्डप, राम मन्दिर, गंगा सागर, रंगभुमी मैदान लगायतका स्थानमा ९०५ जना सशस्त्र प्रहरी खटिएको थियो

त्यसैगरि जनक चौकमा हेल्थ डेस्क लगाईएको थियो भने गंगा सागरमा बोटको समेत व्यवस्थापन गरिएको सशस्त्र प्रहरी गिरीले उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरीले पैदलयात्रुहरूका लागि सुरक्षा तथा चोकहरूमा प्रहरी परिचालन गरेको थियो। ड्रोनको प्रयोगबाट निगरानी समेत गरेर सुरक्षाकर्मीलाई थप प्रभावकारी बनाइएको थियो।

धनुषा सशस्त्र प्रहरीको यो प्रयासले विवाह पंचमी सुरक्षित र सफल बनाउन महत्त्वपूर्ण योगदान रहेको जनकपुरधाम वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश सिंहले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button