रामानन्द युवा क्लबको 39 औं वार्षिक उत्सवको अवसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न
जनकपुरधाम, धनुषा – श्री रामानन्द युवा क्लबको 39 औं वार्षिक उत्सवको अवसरमा आयोजित पहिलो दिन बृहत सरसफाई कार्यक्रम रामानन्द चौकमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय धनुषा, जानकी प्रहरी चौकी जनकपुर, र मुस्कान सुधार केन्द्र जनकपुरको सक्रिय सहयोग रहेको थियो।
सरसफाई कार्यक्रममा रामानन्द युवा क्लबका पदाधिकारीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले शहर सफाईको महत्त्वबारे जनचेतना जगाउँदै स्वच्छ र हराभरा जनकपुरधाम निर्माणका लागि सन्देश दिएको छ।
कार्यक्रमका क्रममा स्थानीयहरूबाट पनि सकारात्मक सहभागिता देखिएको थियो भने ट्राफिक प्रहरी र अन्य सहयोगी संस्थाहरूको योगदानले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
रामानन्द युवा क्लबले यस किसिमका सामुदायिक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।